हरारे । जिम्बाब्बेका प्रधानमन्त्री मोर्गन साङगाराईले बुधबार सम्पन्न राष्ट्रपतीय र संसदीय चुनाव ठूलो तमाशा मात्रै भएको आरोप लगाएका छन् । राष्ट्रपति पदका उम्मेदवार समेत रहेका साङगारईले मतगणना सुरु हुनु अघि नै चुनाव निरर्थक र अवैधानिक भएको जिकिर समेत गरेका छन ।
राजधानी हरारेस्थित पार्टी मूख्यालयमा आज पत्रकार सम्मेलन मार्फत उनले लज्जाजनक चुनावले जनताको मत प्रतिबिम्बित नगर्ने उल्लेख गरे । जिम्बाब्बेको निर्वाचन आयोगले चुनाव गम्भीर रुपमा सम्झौता मात्रै भएको जनाए लगत्तै साङगाराईको भनाई आएको हो ।
अन्तर्राष्ट्रिय चुनावी पर्यवेक्षकहरुले पनि चुनावमा लाखौ जनतालाई मतदानबाट रोकिएको जनाएका छन् । चुनावमा पश्चिमा मुलुकका पर्यवेक्षकलाई अनुगमन गर्न रोक लगाइको थियो ।
तर, चुनावमा विजयी भएको दाबी गरेका राष्ट्रपति रोबर्ट मुगाबेको पार्टीले भने आरोप अस्वीकार गरेको छ । ३३ वर्षदेखि सत्तामा रहेका ८९ वर्षीय मुगाबेले आफू र आफ्नो जानु