– बाबुराम पौडेल
अर्घाखाँची जुकेना
दुनियाँकै ठुला शहरहरुमा शरीर किन नपुगोस्
तर मेरो आखाँवरिपरी घुम्छ सधै मेरो अर्घाखाँची ।
परदेशी जीवन सुख सुखमै किन नबितोस्
तर मनको शान्ति दिने मेरो अर्घाखाँची ।
संसारको जुनसुकै ठाउँहरुमा शरीर किन नघुमोस्
तर कोरिन्छ चित्र मनमा सधै मेरो अर्घाखाँची ।
यी आखाँले कत्ति सुन्दर ठाउँहरु किन नदेखोस्
तर लाग्छ मन आखाँ नचिम्ली हेर्न मेरो अर्घाखाँची ।
हरदम बादलमै मेरो सरीर किन नहिडोस्
तर मन पर्ने डाडा-काँडा भएको मेरो अर्घाखाँची ।
मेरो सारा जिन्दगि बिदेशमै किन नबितोस्
तर अंग-अंगमा छाहेको छ मेरो अर्घाखाँची ।
कृतिम वनावटहरुले एकछिन आनन्द किन नमिलोस्
तर माया लाग्छ मलाई प्रकिर्तिको सुन्दर मेरो अर्घाखाँची ।
गीत – संगीतमा मेरो अर्घाखाँची