खर्च अभावले ताप्लेजुङमा नाबालकको मृत्यु

ताप्लेजुङ  – ताप्लेजुङमा खर्च अभावमा एक दम्पतीले नाबालकलाई गुमाउनुपरेको छ । थुकिम्मा ६ का देउमान लिम्बू र सञ्जु साउदेनका १७ महिने छोराको निमोनियाले मृत्यु भएको छ । 

पाँच महिनाअघिदेखि अस्वस्थ ती नाबालकलाई उपचारको खर्च जम्मा पारेर लिम्बू दम्पती नौ दिनअघि मात्रै अस्पताल आइपुगे । डा. अनिल चौधरीका अनुसार अवस्था बिगि्रसकेको स्थितिमा आएकाले उपचारका लागि अन्यत्र लैजान भनिएको थियो ।
 उनीहरूका गाउँको उपस्वास्थ्य चौकीका अहेव छेदीलाल साह बेपत्ता भएपछि नजिक उपचार केन्द्र छैनन् । सदरमुकामबाट एक दिनको पैदल दूरीमा रहेको गाउँबाट बजार पुग्दा उपचारमा लाग्ने खर्चका विषयमा दुवै चिन्तित थिए ।   
RSS