पूर्वी अफगानिस्तान र पाकिस्तानका कयौ इलाकामा भारी बर्षा पछि आएको बाढीका कारण जनजिबन अस्तब्यस्त भएको छ । यी दुई देशमा बाढीले हाल सम्म ८५ जनाको ज्यान लिएको छ ।
अफगानिस्तानको राजधानी काबूल निकट सरोबी जिल्लामा कम्तिमा ३४ जनाको मृत्यू भएको छ भने हजारौ हेक्टर जमिन बगाएको छ ।
पूर्बी अफगानिस्तानका हजारौ बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । बाढी प्रभाबित क्षेत्रमा आपतकालिन सेवा उपलब्ध गराइएको बताइएको छ । यता पाकिस्तानको सबैभन्दा ठूलो शहर कराचीमा भयानक बाढीका कारण १९ जनाको मृत्यू भएको अधिकारीहरुले जनाएका छन् ।
पछिल्लो तिन दिनमा भारी बर्षा र बाढीका कारण देशभरमा ४५ जनाको ज्यान गइसकेको छ भने कयौ बेपत्ता रहेको त्यहाँको बिपद ब्यबस्थापन बिभागले जनाएको छ ।
Agencies