काठमाडौं । नेकपा-माओवादीसहितका ३३ दल उच्चस्तरीय राजनीतिक समितिसँग वार्तामा बस्ने भएका छन् । आज बसेको ३३ दलको बैठकले उच्चस्तरीय समितिले फेरि वार्ताका लागि पत्र पठाउनुलाई सकारात्मक रुपमा लिदै वार्तामा बस्ने निर्णय गरेको हो ।
नेकपा-माओवादीको केन्द्रीय कार्यालय वुद्धनगरमा बसेको बैठकले वार्तामा जारी राजनीतिक गतिरोधको निकासका लागि मंसिर चार गतेका लागि तय भएको निर्वाचन स्थगित, खिलराज रेग्मी नेतृत्वको सरकारको राजीनामा र गोलमेच सम्मेलनलाई मूख्य विषयको रुपमा उठाउने निर्णय समेत गरेको बैठकपछि नेताहरुले जानकारी दिए ।
३३ दलले सरकारसँग भने तत्काल वार्तामा नबस्ने जनाएका छन् । आजको बैठकले सरकारले बिनाशर्त वार्तामा आउन आह्वान गरे मात्र वार्तामा बस्न सकिने निर्णय गरेको हो ।
उच्चस्तरीय राजनीतिक समितिसँगको वार्तामा राख्ने एजेण्डालाई अन्तिम रुप दिन भोलि बिहान पनि ३३ दलको बैठक बस्ने वताइएको छ ।
RSS