टर्कीको एउटा अदालतले सरकारलाई अपदस्थ गर्न खोजेको अभियोग लागेका सेनाका एकजना भूतपूर्व प्रमुखलाई आजीवन जेल सजायको फैसला सुनाएको छ।
टर्कीको सेनाका भूतपूर्व प्रमुख जनरल इलकेयर बासबुग लगायत दुई सयपचहत्तरजना वरिष्ठ सैनिक अधिकारीहरु, पत्रकार तथा प्राज्ञहरु विरुद्ध राज्यद्रोहको अभियोग लगाइएको थियो।
इस्लामवादी प्रधानमन्त्री रेजेप तायिप एर्दोआन तथा उनका धर्मनिरपेक्ष विपक्षीहरुबीचको द्वन्द्वको परिणामको रुपमा लिइएको पांच बर्षसम्म चलेका ती मुद्दाहरुमा केही अभियुक्तहरुलाई सैंतालिस वर्षसम्मको जेल सजाय सुनाइएको थियो।
पांच बर्षसम्म चलेका मुद्दा पछि अदालतको फैसला सुन्न अदालतबाहिर मानिसहरुको भीड लागेको थियो।
प्रधानमन्त्री एर्दोआनले नेतृत्व गरेको सरकारलाई सत्ताच्युत गर्न खोजेको अभियोग लागेकाहरुमध्ये टर्कीको सेनाका भूतपूर्व प्रमुख जनरल इलकेयर बासबु पनि थिए।
उनले आफु विरुद्ध लगाइएका अभियोगहरुलाई अस्वीकार गर्दैआएका थिए। तर उनी लगायत सेनाका कैयौं भूतपूर्व जनरलहरुलाई आजीवन जेल सजाय दिइएको छ।
प्रतिवादीहरु विरुद्ध एउटा कथित भूमिगत आतङ्ककारी सँगठन एर्गेनकोनको सदस्य भएको, गैरकानुनीरुपमा हातहतियार राखेको तथा सत्तारुढ न्याय तथा विकास पार्टी (एकेपि) ले नेतृत्व गरेको सरकार विरुद्ध सशस्त्र विद्रोह भडकाउन खोजेको जस्ता अभियोगहरु लगाइएका थिए।
सरकारी अभियोक्ताहरुले जनरल बासबुग लगायत नौ जना वरिष्ठ सैनिक अधिकारीहरुसमेत त्रिसठ्ठी जनालाई आजीवन कारावासको सजाय दिइनुपर्ने माग गरेका थिए।
जनरल बासबुगलाई राखिएको उच्च सुरक्षायुक्त सिलिभरी जेल परिसरमा बनाइएको एउटा विशेष अदालत कक्षमा न्यायाधीशहरुले फैसला सुनाएका थिए।
कम्तीमा पच्चीस जनाले सफाइ पाएका छन्।
एर्दोआनले सन् २००२ मा सत्ता संहाले यता बहालवाला तथा सेवानिवृत्त समेत सैयौं सैनिक अधिकृतहरुलाई पक्राउ गरिसकिएको छ। उनले सेनालाई जननिर्वाचित सरकारको मातहत ल्याउन थुप्रै कदमहरु चालेका थिए।
तर आलोचकहरुले सरकारले विपक्षीहरु विरुद्ध विना प्रमाण अभियोगहरु लगाएको तथा धर्मनिरपेक्ष विपक्षीहरुलाई चुप लगाउन खोजेको आरोप लगाएका छन्। सरकारले छानीछानी एकेपि दलका विरोधीहरुलाई निशाना बनाएको उनीहरुको भनाइ छ।
विपक्षी रिपब्लिकन पिपुल्स पार्टीका एकजना सांसद मुहार्रेम इन्सले भने,