काठमाडौको बौद्धमा एक तिब्बतीद्धारा शरीरमा मट्टितेल खन्याएर आत्मदाह

काठमाडौं  । काठमाडौको बौद्धस्थित चैत्य परिसरमा एक तिब्बतीले शरीरमा मट्टितेल खन्याएर आत्मदाह गरेका छन् ।
 शरीरमा आगो लगाएर आत्मदाह सुरु गरेका उनलाई प्रहरीले उठाएर महाराजंगस्थित शिक्षण अस्पताल पु-याएकोमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए । मृतकको नाम खुल्न सकेको छैन् । तिब्बतीहरुले स्वतन्त्र तिब्बतको लागि भन्दै केही समयदेखि नेपालमा आत्मदाहको प्रयास गर्दै आएका छन् ।
 
केही महिना अघि पनि एक तिब्बती युवाले बौद्ध चेत्य परिसरमै यसैगरी शरीरमा मट्टितेल खन्याएर आत्मदाह गरेका थिए । 
नेपाल सरकारले एक चीन नीतिप्रति प्रतिबद्धता जनाएर चीन विरोधी गतिविधि हुन नदिने बताउंदै आए पनि प्रहरीलाई छलेर यस्ता घटना हुने गरेका छन् ।
RSS