भारत प्रशासित जम्मु-काश्मीर आक्रमणमा पाँच भारतीय सैनिक मारिए

श्रीनगर । भारत प्रशासित जम्मु-काश्मीरको पूँछ क्षेत्रमा भारत-पाकिस्तानको नियन्त्रण रेखामा भएको आक्रमणमा पाँच भारतीय सैनिक मारिएका छन् । भारतीय सेनाको एक क्याम्पमा आक्रमण हुँदा पाँच जना मारिएको भारतीय सैन्य अधिकृतलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।


घटनामा पाकिस्तानको संलग्नता रहेको भन्दै भारतीय सेनाले पाकिस्तानी सेना भारतीय क्षेत्रमा प्रवेश गरी आफूहरुलाई धरापमा पारेको दाबी गरेको छ ।

 

जम्मु कश्मीरका मूख्यमन्त्री उमर अब्दुल्लाले ट्वीटर मार्फत नियन्त्रण रेखामा भएको आक्रमणमा पाँच जना भारतीय सैनिक मारिएको उल्लेख गरेका छन् ।

भारतका केन्द्रीय गृह राज्यमन्त्री आरपीएन सिंहले घटना दूर्भाग्यपूर्ण भन्दै यसले भारत