न्यूर्योक । अमेरिकाले पाकिस्तानको लाहौरस्थित वाणिज्य दूतावासका कर्मचारीलाई फिर्ता बोलाएको छ । आक्रमणको विश्वसनीय सूचना पाएपछि कार्यालय नै खाली गरी कर्मचारीलाई फिर्ता बोलाएको अमेरिकी विदेश विभागका वरिष्ठ अधिकारीले जानकारी दिएका छन।
आतंकवादी सन्जाल अलकायदाद्वारा अमेरिकी नियोगहरुमा आक्रमण हुनसक्ने आशंकामा अमेरिकाले आफ्ना नागरिकलाई पाकिस्तान भ्रमण नगर्न सचेत तुल्याएको केही दिनमै वाणिज्य दूतावासका कर्मचारीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
अमेरिकाको यो निर्णयसँगै बेलायतले पनि आफ्ना नागरिकलाई पाकिस्तान छाड्न र भ्रमण नगर्न सचेत गरेको छ ।
अलकायदाले गत वर्ष लिवियाको बेंघाजीमा रहेको अमेरिकी दूतावासमा आक्रमण गर्दा अमेरिकी राजदूतसहित तीन जना मारिएका थिए ।
हालै पनि अलकायदाले अमेरिकीमाथि आक्रमणको योजना बनाईरहेको खुलासा भएपछि अमेरिका सचेत बनेको हो ।
Agencies