ललितपुर । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले प्रमुख दलहरु वार्ताका लागि गम्भीर नभएको आरोप लगाएका छन् ।
वार्ताको सुरुमै चार दलीय संयन्त्रका संयोजक पुष्पकमल दाहालबाट आएको अभिव्यक्तिले आफूहरुलाई निराश पारेको भन्दै वैद्यले मंसिर ४ को निर्वाचन खारेज गर्नुपर्ने बताए ।
ललितपुरमा राष्ट्रिय कर्मचारी संगठन निजामति केन्द्रीय समितिको प्रथम महाधिवेशनको उद्घाटन गर्दै वैद्यले वार्ताको माध्यमबाट चुनावमा जान तयार भएपनि चार दलले आफूहरुलाई चुनावमा जान नदिने षड्यन्त्र गरिरहेको आरोप पनि लगाए ।
एक हातमा वार्ता र अर्को हातमा वहिष्कारको विकल्पसहित वार्तामा सहभागी भएको भन्दै उनले अबको वार्ता सफल हुने