मधेसी जनअधिकार फोरम गणतान्त्रिकका तीन प्रमुख नेता पार्टी त्याग गरि महन्थ ठाकुर नेतृत्वको मधेशवादी पार्टीमा प्रवेश

काठमाडौ  – तराई केन्द्रित दल मधेसी जनअधिकार फोरम गणतान्त्रिकका तीन जना पदाधिकारीहरुले पार्टी त्याग गरेका छन् । सह अध्यक्ष वीपी यादव, उपाध्यक्ष सीताराम अग्रवाल र महासचिव अकवाल अहमदले शनिबार संयुक्त व्यक्तव्य जारी गर्दै पार्टी छाडेको घोषणा गरेका हुन् ।
कान्तिपुर अन्लाईनमा प्रकासित समाचार अनुसार  उनीहरुले आफ्नो राजीनामा पार्टी अध्यक्ष राजकिशोर यादव समक्ष पठाएका छन् । उनीहरुले आइतबार महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिकमा प्रवेश गर्ने तयारी गरेको जनाएका छन् । आइतबार औपचारिक कार्यक्रम गरी तमलोपा प्रवेशको तयारी रहेको छ ।