दार्जिलिङ । भारतको पश्चिम बंगाल राज्य सरकारले दार्जिलिङमा स्थानीय टेलिभिजन केबलमाथि प्रतिबन्ध लगाएको छ ।
नेपाली भाषी बाहुल्य क्षेत्र दार्जिलिङमा गोर्खा जनमुक्ति मोर्चाले अलग्गै गोर्खाल्याण्ड राज्यको माग गर्दै गरेको अनिश्चितकालीन बन्दलाई प्रभावित पार्न राज्य सरकारले यस्तो कदम चालेको बताइएको छ ।
दार्जिलिङमा केबुल प्रसारणमाथि रोक लगाइएको यो पहिलो घटना भएको जनाइएको छ । त्यस्तै स्थानीय टेलिभिजनमा दिनहुँ देखाइदै आएको नेपाली चलचित्रमा पनि रोक लगाइएको बताइएको छ ।
स्थानीय केबुलमा प्रतिबन्ध लगाइएपछि सुचनाको हकबाट जनता पूरै अलग हुन पुगेको स्थानीय समाचार माध्यमहरुले जनाएका छन् ।
यसैबीच गोर्खा जनमुक्ति मोर्चा दार्जिलिङका अध्यक्ष नारायण प्रधानलाई आगजनी, हत्या प्रयास लगायतका आपराधिक मुद्दामा प्रहरीले पक्राउ गरेको छ ।
यता, गोर्खाल्याण्ड राज्यको माग गर्दै आह्वान गरिएको अनिश्चितकालीन बन्दको सातौं दिनसम्म आइपुग्दा जनजीवन पूरै अस्तव्यस्त भएको छ ।
भारतको सत्तारुढ कंग्रेस आई गठबन्धनले आन्ध्र प्रदेशबाट अलग्गै तेलंगना राज्य बनाउने घोषणा गरेपछि लामो समयदेखिको गोर्खाल्याण्डको माग थप चर्किएको हो । पश्चिम बंगाल सरकारले दार्जिलिङमा ठूलो संख्यामा केन्द्रस्य अर्र्ध सैनिक बल पठाइसकेको छ ।
प्रदर्शनका क्रममा हिंसा भड्किंदा एक जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाईत भएका छन् । प्रदर्शनकारीहरुले अब गोर्खाल्याण्ड टेरिटोरीअल एडमिनिष्टे