नयाँ बजेट आएसँगै हरेक सामग्रीमा मूल्य वृद्धिको पीडा खेपेका नेपालीलाई पेट्रोलियम पदार्थको खरिदमा पनि पीडा फेरि

काठमाडौं । नयाँ वर्षको बजेट आएसँगै हरेक सामग्रीमा मूल्य वृद्धिको पीडा खेपेका नेपाली उपभोक्तालाई पेट्रोलियम पदार्थको खरिदमा पनि पीडा थपिएको छ । 
नेपाल आयल निगमको सञ्चालक समितिको शनिबार साँझ बसेको बैठकले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गर्दै नयाँ दर निर्धारण गरेको हो । 
निगमले पेट्रोलमा दुई रुपैयाँ तथा डिजेल र मट्टितेलमा समान एक रुपैयाँ वृद्धि गरेको जनाएको छ । मूल्यवृद्धि भएसँगै अबदेखि पेट्रोलको भाउ प्रतिलिटर एक सय २५ रुपैयाँ तथा डिजेलको भाउ प्रतिलिटर एक सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै निगमले आन्तरिक हवाई इन्धनतर्फ १० रुपैयाँ बढाएर प्रतिलिटर एक सय ३० रुपैयाँ कायम गरेको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलो लिटर ५० रुपैयाँ बढाएर १३ सय रुपैयाँ पु