अर्घाखाँची डट्कमको आज सातौ वार्षिक उत्सब, केहि स्मरण

– विनोद गैरे

 

अर्घाखाँची डट्कमले विभिन्न आरोह अवरोह पार गर्दै आज सातौ वर्षमा प्रबेस गरेको छ । स्थापना कालमा विभिन्न सघर्ष भएता पनि आज अर्घाखाँची डट्कम देश साथै विदेसमा सबैको लोकप्रिय बनेको छ ।

 


 

विभिन्न परिस्थितीका अर्थात विवसतामा देश अथवा जिल्ला छाडी विदेसीन वाध्य भएका सम्पूर्ण देश साथै जिल्ला वासीहरुको साझा चैतारी वनेको अर्घाखाँची डट्कमले आफ्ना पाठक वर्गमा विभिन्न स्तम्भमा सुचना मनोरञ्जन साथै जिल्ला अर्थात सर्मथ्यले भ्याए सम्म देश भित्र साथै विदेसका महत्वपूर्ण कार्यक्रमहरुलाई प्रत्यक्ष लाईभ व्रोकास्ट गरी आफ्ना पाठकहरुलाई सेवा दिदै आईरहेको कुरा तपाईहरु सबैलाई थाहानै छ ।

 

आजको यस घडी र तपाईहरु सबैको माँया ममताले गर्दा हामी तपाईहरु सामु कसरी अझ धेरै गुणस्तरीय सेवा पु-याउन सक्छै भनि हामीहरुलाई तपाईहरुले महत्वपूर्ण जिम्मेवारी थपिदिएको महसुस गरेका छौ । पत्तो नपाईकन म पनि अर्घाखाँची डट् कम्को एडमिनको काम सुरुवात गर्न सुरुवात गरेको आज ६ वर्ष भईरकेछ सुरुवात र आजका दिनलाई तुलना गर्दा मलाई अत्यान्तै अनैठो लाग्छ ।

 

एक घण्टा साईवर वसेर समाचार टाईप गर्न नजानेर स्क्यान गरेर, कसैलाई गुहार गरेर टाईप गर्न लगाएर, केहि समय पछि बल्ल बल्ल आफै टाईप गरी एउटा समाचार अपलोड गरेको, अनि ताते ताते गर्दै सबै काम गर्न थालेका ति दिनहरु आज झरलक्क याद आए ।

 

रेडियो अर्घाखाँची र रेडियो देउरालीको अर्घाखाँची डट्कममा लाईभ गर्दा २ दिन २ रात नसुतिकन निरन्तर लाइृभ गर्न कोसिएको दिनहरु पनि विर्सिन सक्दिन ।

 

यसैबिच अर्घाखाँचीडट्कम कयौको जीवन रक्षा गर्ने माध्यम पनि बन्यो, संसारभर रहेका नेपालीले आर्थिक, भौतिक सहयोग गरे । 

 

साथै डट्कमले आफ्नो साप्ताहिक पत्रीका पनि प्रकासित गर्दै आएको छ। भने अबका दिनमा अन्लाईन सस्करणलाई विस्तार गर्दैछ । 

 


 

 



Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु