भक्तपुरलाई बर्डफ्लू संकटग्रस्त क्षेत्र घोषणा

भक्तपुर  । बर्डफ्लू नियन्त्रणका लागि गरिएका पटकपटकको प्रयास असफल भएपछि भक्तपुरलाई बर्डफ्लू संकटग्रस्त क्षेत्र घोषणा गरी सबै कुखुरा मार्ने तयारी गरिएको छ ।

 

भक्तपुरमा रहेका जिबित कुखुरा र कुखुराजन्य पदार्थलाई नष्ट गर्नेबारे आजै निर्णय लिएर काम थालिने पशु सेवा कार्यालय भक्तपुरका प्रमुख खगेन्द्रराज भट्टले जानकारी दिए ।

 

भक्तपुरबाटै अरु जिल्लामा पनि संक्रमण फैलिएको आशंका भएपछि जिल्लामा रहेका सबै जिउँदा कुखुरा मार्न लागिएको हो ।

 

उता, भक्तपुरका कुखुरापालन व्यवसायी संघले भने कुखुराको क्षतिपूति दिनुपर्ने, कुखुराको बिमा गर्ने व्यवस्था गर्नुपर्ने, कुखुरा व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण र ब्याज मिनाहा गरिनुपर्ने माग सरकारसँग राखेका छन् ।

 

RSS