राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समलिङ्गी/तेस्रोलिङ्गीलाई संविधानसभामा प्रतिनिधित्व गराउले

काठमाडौं  । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समलिङ्गी/तेस्रोलिङ्गीलाई संविधानसभामा प्रतिनिधित्व गराउन सक्ने बताएको छ । राप्रपा अध्यक्ष सुर्यबहादुर थापाले सक्षम भए समलिङ्गी/तेस्रोलिङ्गी लाई आफ्नो पार्टीले संविधानसभामा पु-याउने बताएका हुन् । समलिङ्गी/तेस्रोलिङ्गी अधिकारका अभियान्ता सुनिलबाबु पन्तको नेतृत्वमा आइतबार आफ्नै निबास माली गाउ आइपुगेको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायसंग कुरा गर्दै अध्यक्ष थापाले राप्रपाले कुनै पनि समुदायमाथी बिभेद नगर्ने स्पष्ट पारे ।

उनले समलिङ्गी/तेस्रोलिङ्गीको अधिकार र उनीहरुका मुद्धालाई आफ्नो पार्टीले घोषणा पत्रमै समाबेश गर्ने बताए । आफ्नो पार्टीमा आउन चहाने यौनिक तथा लैङ्गिक अल्संख्यकलाई सदस्यता दिन आफ्नो पार्टी तयार रहेको भन्दै उनले लि