दार्जिलिङ । गोर्खाल्याण्डको माग गर्दै आन्दोलनमा उत्रिएको गोर्खा जनमुक्ति मोर्चालाई भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले आन्दोलन फिर्ता दिन तीन दिनको अन्टिमेटम दिएपछि स्थिति थप तनाबपूर्ण बन्नेको छ । गत १९ गतेबाट अनिश्चितकालीन आमहड्तालमा उत्रिएको मोर्चाले मुख्यमन्त्री बेनर्जीको अल्टिमेटमको जवाफमा तीन दिन पछि जनताले नै कफ्र्यू लगाउने चेतावनी दिएको छ ।
मोर्चाका प्रमुख विमल गुरुङले बन्द रहेका उद्योग कलकारखाना खोल्न राज्य सरकारले सुरक्षाकर्मी प्रयोग गर्न नसक्ने दाबी गरे । सरकारले बल प्रयोग गरे दार्जिलिङमा रगतको खोलो बग्ने गुरुङले चेतावनी दिए । उनले आफुहरु केन्द्र सरकारसंग मात्र वार्ता गर्ने अडान समेत दोहो