संविधानसभा निर्वाचन शंकाको घेरामा रहेको राजमोका सन्तबहादुर नेपालीको भनाई

– कृष्ण खनाल
 
बुटवल । राष्ट्रिय जनमोर्चाका महासचिव सन्तबहादुर नेपालीले संविधानसभा निर्वाचन शंकाको घेरामा रहेको बताउनुभएको छ । मुलुकलाई निकास दिन संविधानसभा निर्वाचनको विकल्प नभएपनि दलहरुको व्यवहारका कारण नै संविधानसभा निर्वाचन शंकाको घेरामा रहेको उहाँले बताउनुभयो ।
 
उहाँले संविधानसभा निर्वाचनको मिती नजिकिदै गएको अवस्थामा एमाओवादी, काँगे्रस, एमालेलगायतका दलले क्षेत्रनिर्धारण, समानुपातिक सीटसंख्या जस्ता विषयमा एकपछि अर्को गर्दै नयाँ-नयाँ मुद्दा अगाडी ल्याउने र वैद्य माओवादीलगायतका दलले निर्वाचन भाड्छौ भन्ने धम्कीका कारण निर्वाचन शंकाको घेरामा रहेको स्पष्ट पार्नुभयो ।
 
आईतबार बुटवलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै दलहरुको ढुलमुले व्यवहारका कारण संविधानसभाको पक्षमा  रहेका जनता निरास बन्दै गएको महासचिव नेपालीले बताउनुभयो ।
 
उहाँले ठुलादलहरुले संविधानसभा निर्वाचन भन्दा सत्तालाई प्रमुखता दिएको आरोप लगाउँदै दलीय स्वार्थ र सत्ताको मोहोलाई त्यागेर मुलुकलाई निकास दिन इमान्दार भएर संविधानसभा निर्वाचनमा लाग्न आग्रह गर्दै आफ्नो दल राष्ट्रिय जनमोर्चा निर्वाचनप्रति प्रतिवद्व रहेको बताउनुभयो ।
 
पूर्व सभासद्समेत रहनुभएका महासचिव नेपालीले संघीयता कै कारण पहिलो संविधानसभाबाट संविधान नलेखिएको दावी गर्दै भन्नुभयो