काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एअर कण्डिनसनर खरिदमा घोटाला गरेको अभियोगमा नेपाल टेलिकमका ५ जना इन्जिनियरलाई पक्राउ गरेको छ ।
सोही अभियोगमा एक जना भारतीय नागरिक पनि पक्राउ परेका छन् ।
अख्तियारले पक्राउ गरेका टेलिकमका इन्जिनियरहरुमा राजेन्द्र महर्जन, रामनरेशसिंह कुँवर, अनिल आचार्य रहेका छन् । त्यस्तै सहायक इन्जिनियरद्वय श्रीकृष्ण भुजेल र भाईकृष्ण महर्जन पनि पक्राउ परेका छन् ।
त्यस्तै काठमाडौंको नयाँबानेश्वरस्थित आकृति इन्टरनेशनल प्रालिका प्रबन्ध निर्देशक भारतीय नागरिक पञ्कज बाँकियालाई पनि अख्तियारले पक्राउ गरेको छ । उनीहरु सवै विरुद्ध अख्तियारले आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
नेपाल टेलिकमका लागि एअर कण्डिसनर खरिद गर्न आह्वान गरिएको टेण्डर चिनियाँ कम्पनीले पाएकोमा मिलेमतोमा गुणस्तरहीन एअर कण्डिसनर उपलब्ध गराएको पाईएको अख्तियारले जनाएको छ ।
तोकिएको मापदण्ड भन्दा कमसल एअर कण्डिसनर उपलब्ध गराएर ५ करोड ११ रुपैयाँ भन्दा बढी रकम घोटाला गरेको जिकिर पनि अख्तियारले गरेको छ ।
RSS