श्रीलंकामा बौद्ध धर्मावलम्बीहरुको एक समूहले मस्जिदमा आक्रमण गरेपछि मस्जिद बन्द

कोलम्बो  । श्रीलंकाको राजधानी कोलम्बोमा बौद्ध धर्मावलम्बीहरुको एक समूहले मस्जिदमा आक्रमण गरेपछि मस्जिद बन्द गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 
शनिवार मात्र कोलम्बोको ग्राण्डपास क्षेत्रको मस्जिदमा नमाज पढिरहेकाहरुमाथि गरिएको आक्रमणमा ५ जना घाईते भएका थिए । 
यसपछि बौद्ध र मुस्लिम समुदायबीच तनावको स्थिति सिर्जना भएको थियो । गत महिना पनि सोही मस्जिदमा बौद्ध धर्माबलम्बीको एक समूहले आक्रमण गरेको थियो । 
मुस्लिम समुदायले सरकारसँग भएको सहमति अनुसार अब पुरानो मस्जिदमा आफ्नो धार्मिक क्रियाकलाप गर्नुपर्ने भएको छ । 
यसअघि उक्त क्षेत्रमा नहर बनाउने सरकारी योजना थियो । तर, विपक्षीहरुले भने मस्जिदमा आक्रमण गर्नेहरुमाथि कुनै कारवाही नभएको भन्दै आलोचना गरेका छन् । 
आक्रमणकारीहरुले मस्जिदलाई त्यहाँबाट हटाउनुपर्ने माग राखेका थिए । पछिल्लो समय श्रीलंकामा धार्मिक तनाब बढेको छ । 
२ करोड जनसंख्या रहेको श्रीलंकामा सिंहाली बौद्ध समुदायको जनसंख्या कुल जनसंख्याको तीन चौथाई छ भने अल्पसंख्यक मुस्लिम तमिलभाषीको संख्या करिब नौ प्रतिशत छ ।
  
AGENCIES