प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अत्यन्त जरुरी चिठ्ठी पठाउँदै आयोगले सो मुद्दा हालसम्म पूर्णरूपमा कार्यान्वयन नहुँदा न्यायको पर्खाइमा रहेका उनका बाबुआमालाई गम्भीर आघात पर्नसक्ने र त्यस भएमा त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने अवस्था सिर्जना हुने कुराको जानकारी गराएको छ।
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याको अनुसन्धान प्रक्रिया अघि बढाउन सरकारलाई पुनः आग्रह गरेको छ । खिलराज रेग्मी नेतृत्वको सरकारले सशस्त्र द्धन्द्धकालका घटनामा कारवाही गर्न नसक्ने भनेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले आज जरुरी पत्र पठाई पीडित परिवारलाई क्षतिपूर्तिसहित न्याय दिन भनेको हो ।
सो मुद्दा हालसम्म पूर्णरूपमा कार्यान्वयन नहुँदा न्यायको पर्खाइमा रहेका उनका बाबुआमालाई गम्भीर आघात पर्नसक्ने र त्यस भएमा त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने अवस्था सिर्जना हुने कुराको जानकारी गराएको छ।
साथै आयोगले कृष्णप्रसाद हत्याका दोषीहरुमाथि कारवाही प्रक्रिया सुरु गर्न पनि आग्रह गरेको छ । द्धन्द्धकालमा गोरखाबाट चितवन आफन्तकहाँ गएको बेला अधिकारीको माओवादी कार्यकर्ताद्धारा अपहरण गरी हत्या गरिएको थियो ।
माओवादी नेता डा. बाबुराम भट्टराईको निर्देशनमा आफ्नो छोराको हत्या भएको दाबी गर्दै कृष्णप्रसादका बुवाआमा विगत केही महिनादेखि राजधानीमा धर्ना र अनसन बस्दै आएका छन् ।
सरकारले उनीहरुलाई जबर्जस्ती वीर अस्पतालमा भर्ना गरेपछि अधिकारी दम्पति अस्पतालमै अनसन बसिरहेका छन् भने उनीहरु बोल्न समेत नसक्ने अवस्थामा पुगिसकेका छन् ।
RSS