काठमाडौं । नेकपा (एमाले)ले संविधानसभा निर्वाचनमा राष्ट्रिय जनमोर्चा, नेकपा (माले), माले-समाजवादी, नेकपा (संयुक्त) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सँग स्थानीयस्तरमा चुनावी तालमेल गर्ने भएको छ ।
ती दलहरु समाजको शान्तिपूर्ण परिर्वतनमा विश्वास राख्ने, लोकतान्त्रिक मूल्यमान्यताप्रति प्रतिबद्ध, राष्ट्रियताप्रति निष्ठावान् ,साझा पहिचान र सामाजिक सद्भावसहितको सङ्घीयतामा विश्वास राख्ने वाम दल भएकाले उनीहरुसँग एमालेले चुनावी तालमेल गर्न लागेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रदीप ज्ञवालीले बताउनुभयो ।
नेता ज्ञवालीले चुनावमा तालमेल गर्नका लागि ती दलसँग आपसी समझदारी गरेर स्थानीय रुपमा चुनावी तालमेल गर्ने र संविधानसभा निर्वाचन सम्पन्न गरेर लोकतान्त्रिक संविधान निर्माणको सुनिश्चित गरिने बताउनुभयो । वैचारिक बहस टुङ्गिएपछि पार्टी एकता प्रकि्रया सुरु हुने भए पनि तत्कालका लागि स्थानीयस्तरमा चुनावी सहकार्य गरेर जाने सहमति भएको बताउँदै उहाँले भन्नुभयो-