एकीकृत माओवादी पुष्पकमल दाहालद्धारा द्धन्द्धकालमा घटेको अधिकारी घटनालाई उठाएर निर्वाचन भाँड्न खोजिएको आरोप
श्रावण २९ गते, २०७० मा प्रकाशित
काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले द्धन्द्धकालमा घटेको एउटा घटनालाई उठाएर संविधानसभाको निर्वाचन भाँड्न खोजिएको आरोप लगाएका छन् ।
आफ्नो छोराको हत्या घटनाको छानबिन र दोषीमाथि कारवाहीको माग गर्दै विगत दुई सातादेखि अनशनरत अधिकारी दम्पत्तिको मागको विषयलाई लिएर चौतर्फी बहस भइरहेको बेला पार्टी मूख्यालय पेरिशडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले गोरखाका कृष्णप्रसाद अधिकारीको हत्या प्रकरणलाई उचालेर संक्रमणकाललाई लम्ब्याउन खोजिएको आरोप लगाए ।
दाहालले अधिकारी प्रकरण नाटकीय शैलीमा आएको समेत जिकिर गरे । उनले घटनालाई जोडेर जे जति नाम आएका छन् ती सबै निर्दोष रहेको दावी समेत गरे ।
दाहालले कसैलाई आरोप लाग्नसाथ एउटा घटनालाई जोडेर ठूलो बनाउने खोजेमा १० औं हजार घटना आउने बताए । उनले यस्ता घटनालाई बढाउने काम गरेमा आफ्नो पार्टी चुप नलाग्ने चेतावनी पनि दिए ।
अधिकारीको हत्या तत्कालीन अवस्थामा आफ्नो चितवन जिल्ला पार्टीले गरेको भएपनि त्यसको छानबिन सत्य निरुपण आयोगले गर्नुपर्ने बताए ।
हत्याको आरोप लागेकी एकीकृत नेकपा माओवादीकी नेवा राज्य समिति सदस्य जानुका पौडेलले अधिकारीको हत्या हुँदा आफू सुत्केरी बिदामा रहेकाले आफ्नो कुनै संलग्नता नरहेको दावी गरिन् ।
गोरखाका १९ वर्षीय कृष्णप्रसाद अधिकारीको तत्कालीन नेकपा