पूर्व प्रधानमन्त्री मरिचमान सिंहलाई गम्भीर अवस्थामै भारतबाट नेपाल ल्याइयो, नर्भिक अस्पतालको सघन कक्षमा भर्ना

काठमाडौं । गम्भीर विरामी रहेका पूर्व प्रधानमन्त्री मरिचमान सिंहलाई गम्भीर अवस्थामै भारतबाट नेपाल ल्याइएको छ । यहाँ ल्याएर सिंहलाई थापाथलीस्थित नर्भिक अस्पतालको सघन कक्षमा भर्ना गरिएको छ ।


फोक्सोको क्यान्सरबाट पीडित सिंहकै इच्छा अनुसार उपचारकै बीचमा स्वदेश ल्याइएको परिवारजनले जनाएका छन् । सिंहलाई गएराति एम्बुलेन्सबाट काठमाडौं ल्याइएको हो ।


७१ वर्षीय सिंहको एक महिनादेखि भारतको मेदान्त अस्पतालमा उपचार गराइएपनि स्वास्थ्यमा कुनै सुधार नभई झन् चिन्ताजनक रहेको परिवारको भनाइ छ ।


पूर्व प्रधानमन्त्री सिंहको स्वास्थ्य अवस्था वुझ्न नर्भिक पुगेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले सिंहको उपचारप्रति सरकारको ध्यान नगएको भन्दै आक्रोश व्यक्त गरे ।

 

RSS