भक्तपुरलाई वर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा

भक्तपुर । सरकारले भक्तपुरलाई वर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

गत साउन २ गतेदेखि जिल्लाका विभिन्न ठाउँमा देखिएको वर्डफ्लुको संक्रमण नियन्त्रणमा आउन नसकेपछि आज कृषि तथा सहकारी मन्त्रालयले भक्तपुर जिल्लालाई वर्डफ्लु संकटग्रस्त क्षेत्र घोषण गरेको हो । 
भक्तपुरस्थित एभिएन ईन्फ्लुन्जा प्राविधिक नियन्त्रक समन्वय समितिले कुखुरा व्यवसायीहरुले लिएको ऋण मिनाह गर्न सरकारलाई सुझाव दिने बताएको छ । यस्तै समितिले संक्रमित पंक्षीहरुलाई छिट्टै निष्ट गर्न आग्रह समेत गरेको छ ।
RSS