चार राजनीतिक दलद्धारा नेकपा-माओवादी चुनावमा आउन तयार भए मंसीर चारको चुनावको मिति सार्न सकिने संकेत

काठमाडौं ।  चार राजनीतिक दलले नेकपा-माओवादी चुनावमा आउन तयार भए मंसीर चारका लागि तय भएको चुनावको मिति सार्न सकिने संकेत गरेका छन् ।

 

उच्चस्तरीय राजनीतिक समिति र नेकपा माओवादीबीच भएको वार्तामा समितिका नेताहरुले माओवादी तयार भए मंसीर चारका लागि तय भएको चुनाव सार्न सकिने वताएका हुन् ।

वार्तापछि दुबै पक्षका नेताहरुले वार्ता अत्यन्त सकारात्मक भएको र सहमतिमा पुग्ने आशा वढ्दै गएको वताएका छन् । आजको वार्तामा नेकपा माओवादीले सरकारको राजीनामा र चुनावको मिति सार्नुपर्नेसहित १८ बूँदे माग राखेको थियो । माओवादीसँगको वार्तापछि अहिले समिति र मधेशी जनअधिकार फोरम नेपाल नेतृत्वको मोर्चाबीच वार्ता भइरहेको छ ।


आजै संघीय समाजवादी नेतृत्वको मोर्चासँग पनि वार्ता गर्ने समितिले जनाएको छ । यसअघि हिजो समितिले उपेन्द्र यादव र अशोक राई नेतृत्वको मोर्चासँग अलग अलग वार्ता गरेको थियो । हिजोको वार्ता सकारात्मक रहेको भन्दै नेताहरुले आजको बार्ताबाट सहमतिमा पुग्न सकिने वताएका छन् ।

 

RSS