काठमाडौं । निर्वाचन आयोगले फोटोसहितको मतदाता सूचिमा नाम लेखाउनका लागि एक हप्ताको समय दिएको छ । दलहरुको माग बमोजिम आयोगले भाद्र १ देखि ७ गतेसम्म मतदाता नामावली दर्ता गरिने जनाएको हो । आयोगले गत असार मसान्तमा मतदाता नामावली संकलनको काम बन्द गरेको थियो ।
तर, केही दलका नेताहरुकै नाम छुटेको भन्दै दलहरुले पुनः अवसर दिन माग गरेपछि आयोगले एक साताको समय दिएको हो । मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि नागरिकता अत्यावश्यक हुने प्रावधान रहेकोमा सर्वोच्च अदालतले उक्त प्रावधान खारेज गरेको छ ।