काठमाडौ – जनजाति महासंघका पूर्व अध्यक्ष एवं प्राध्यापक ओम गुरुङलाई उपचार खर्च वापत सरकारले ५ लाख दिने भएको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मृगौलामा समस्या देखिएर बिरामी रहेका गुरुङलाई उपचार खर्च दिने निर्णय गरेको हो ।
त्रिभुवन विश्व विद्यालय समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख समेत रहेका डा.गुरुङको दुवै मृगौला काम नलाग्ने गरी बिग्रिएको छ । उनले नेपाल र भारतका विभिन्न अस्पातलहरुमा परीक्षण गराइसकेका छन् ।
त्यस्तै, बैठकले नेपाली सेनाका उपरथी पवनबहादुर पाण्डेलाई रथी पदमा बढुवा गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री माधव पौडेलले जानकारी दिए । पाण्डेलाई बलाध्यक्षको जिम्मेवारी दिइएको छ ।
RSS