काठमाडौं – उच्चस्तरीय राजनीतिक समिति र उपेन्द्र यादव नेतृत्वको मोर्चाबीच सात बुँदे सहमति भएको छ ।
सहमतिपछि मोर्चा पनि चुनावमा आउने प्रतिबद्धता जनाएको छ ।
बिहीबार राति अबेरसम्म भएको वार्तापछि समिति र मोर्चाबीच सहमति भएको कांग्रेस नेता अर्जुननरसिंह केसीले जानकारी दिए । उनका अनुसार सहमतिमा समानुपातिक प्रतिशत बढाएर ५८ प्रतिशत पुर्याउने उल्लेख छ ।
केसीका अनुसार आगामी संविधानसभालाई ५ सय ८१ सदस्यीय बनाउने सहमति भएको छ । तीमध्ये २ सय ४० प्रत्यक्ष, ३ सय ३५ समानुपातिक र मनोनीत १० जना रहनेछन् ।
यसैगरी उच्चस्तरीय राजनीतिक समितिलाई विस्तार गरि उपेन्द्र यादवलाई पनि सहभागी गराउने सहमति भएको छ ।
निर्वाचन कार्यतालिका प्रभावित नपार्नेगरि फोटोसहितको मतदाता नामावली संकलन अवधि थप्ने पनि सहमति भएको केसीले जानकारी दिए ।
स्रोत: ईकान्तिपुर