इजिप्टमा अपदस्थ राष्ट्रपति मुर्सीका समर्थकहरुले कफ्र्यू उल्लंघन गर्दै प्रदर्शन गर्दा सरकारको दमनमा थप ९५ जना मारिए

इजिप्ट । इजिप्टमा अपदस्थ राष्ट्रपति मोहम्मद मुर्सीका समर्थकहरुले कफ्र्यू उल्लंघन गर्दै प्रदर्शन गर्दा सरकारले गरेको दमनमा थप ९५  जना मारिएका छन् । शुक्रबारे प्रार्थना लगत्तै हिजो राजधानी कायरोमा मुर्सी समर्थकले प्रदर्शन गरेका थिए । कफ्र्फू उल्लंघन गरेको भन्दै सेनाले चलाएको गोली लागि मुर्सी समर्थक मारिएका हुन् । 
चार दिन अघि झण्डै सात सय जनाको ज्यान जानेगरी भएको सैनिक कारबाहीपछि विपक्षी मुश्लिम ब्रदरहुडका कार्यकर्ता हिजो संगठित रुपमा सडकमा ओर्लिएका थिए । मूख्य मूख्य शहरमा हिंसा भड्किएको छ । उता, बेलायत, फ्रान्स र अष्ट्रेलिया लगायतका देशहरुको पहलमा बोलाइएको सुरक्षा परिषदको बैठकले हिंसा मच्चाएको भन्दै इजिप्ट सरकारको कडा आलोचना गरेको छ । 
टर्कीले त इजिप्टबाट आफ्ना राजदूतलाई फिर्ता नै बोलाएको छ । गत बुधवार भएको उक्त हिंसामा ६ सय ३८ जना मारिएको पुष्टि भएको छ । तर मुस्लिम ब्रदरहुडले भने आफ्ना दुई हजार कार्यकर्ता मारिएको दावी गरेको छ । अमेरिकी राष्ट्रपति बराक ओबामाले पनि उक्त घटनाको निन्दा गर्नुभएको छ । अमेरिकाले आगामी महिना हुने भनिएको संयुक्त सैन्य अभ्यास पनि रद्द गरिदिएको छ ।
Agencies