फिलिपिन्स । फिलिपिन्समा एउटा डुंगा दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको छ ।
मालवाहक जहाजसँग डुंगा ठोक्किँदा करिब तीन सय व्यक्ति वेपत्ता भएको खबर छ । दुर्घटनाका समयमा डुंगामा सात सय जना रहेका थिए । मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।
६ सय ९२ जना यात्रु बोकेको उक्त डुंगा फिलिपिन्सको अर्को ठूलो शहर सेबुस्थित बन्दरगाह जाँदै थियो ।
मालवाहक जहाज सलपीसियो एक्सप्रेसमा भने ३६ जना चालक दलका सदस्य थिए । जहाज भने डुब्नबाट जोगिएको छ ।
Agencies