काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको निकासको लागि निर्वाचनको बिकल्प नभएको बताएका छन् ।
आज राजधानीमा भएको एक कार्यक्रममा एमाले नेता नेपालले निर्वाचन हुँदैन की भनेर संका नगरी निर्वाचनको तयारी गर्न आग्रह गरेका छन् । असन्तुष्ट दललाई मनाउने सम्बन्धमा वार्ता भईरहेको भन्दै नेपालले तोकीएकै समयमा निर्वाचन हुने बताए ।
निर्वाचन नचाहने केही तत्वले मुलुकमा अस्थिरता चाहेको भन्दै नेपालले त्यस्ता तत्वलाई पाखालगाउन पनि निर्वाचन अपरिहार्य रहेको बताए । अन्य बक्ताहरुले पनि निर्वाचनको बातावरण बनाउन राजनीतिक दलसंग आग्रह गरेका थिए ।
RSS