सुर्खेत । दुग्ध किसानले दूधमा पानी मिसाउन थालेको भन्दै आजबाट सुर्खेतका डेरी सञ्चाकहरु आन्दोलित भएका छन् । उनीहरुले किसानले दूधमा पानी मिसाउने गरेको र गुणस्तरिय दूध नआएको भन्दै डेरी बन्द गरेर सडकबाटै दूग्ध विकास समिति (डीडीसी)को दूध विक्रि गरिरहेका छन् ।
गत चैत ६ गते दूध उत्पादक किसान र डेरी सञ्चालकबीच गुणस्तरीय दूध प्रदान गर्नेसम्वन्धी सहमति भएको थियो । तर, किसानले दूधमा पानी मिसाउन नछाडेको र आफुहरुले गुणस्तरिय दूध विक्रि गर्न नपाएकोभन्दै सुर्खेत डेरी एसोसिएसनले आन्दोलनको घोषणा गरेको हो ।
एसोसिएसनका अध्यक्ष उत्सव प्याकुरेलले पानी मिसाइएको दूध उपभोक्तालाई बेचेर आफुहरुले ठगीको दोष लिनु परेको बताए । यता, किसानहरुले भने डेरी एशोसियसनले नै पानी हालेर दूध विक्रि गर्दै आएको बताएका छन् ।
डेरी सञ्चालकले धेरै पानी हाल्न नपाएका कारण अहिले आन्दोलनमा उत्रेर किसानलाई दोष दिएको उनीहरुको आरोप छ । दैनिक सातहजार लिटर दूध आवश्यक पर्ने सुर्खेतमा ५५ सय लिटरमात्र आपूर्ति हुँदै आएको छ ।
RSS