संविधानसभाको दोस्रो निर्वाचनको मिति नजिकिँदै गर्दा दोलखाको एउटा वडामा भने ८ जना मात्र मतदाता

दोलखा । संविधानसभाको दोस्रो निर्वाचनको मिति नजिकिँदै गर्दा दोलखाको पश्चिमी भुसाफेदा गाविस वडा नं. १ मा भने ८ जनाले मात्र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । 
१७ वर्षअघि सम्पन्न आमनिर्वाचनदेखि भुसाफेदा-१ का वासिन्दाले सीमा जिल्ला सिन्धुपाल्चोकको ठुलोधादिङ गाविस वडा नं.  ७ बाट नाम दर्ता गराए पछि भुसाफेदा-१, मुलटोलका ८ जनाले मात्र नाम दर्ता गराएका हुन् । 
यसरी नाम दर्ता गराउनेमा ४ महिला र ४ पुरुष छन् । गाविसमा एक हजार ५ सय ३३ जनाले नामावली दर्ता गराए पनि १ नम्बरमा सीमा विवादका कारण संख्या अत्यन्त न्यून देखिएको निर्वाचन कार्यालय दोलखाका प्रमुख देवबहादुर अधिकारीले बताए ।
RSS