सुनसरी । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले महिला युथ फोर्स गठन गरेको छ ।
सुनसरीको धरानमा सम्पन्न राष्ट्रिय युवा महिला भेलाले युवा संघ उपाध्यक्ष निरु पालको संयोजकत्वमा ७५ सदस्य महिला युथ फोर्स केन्द्रीय समिति गठन गरेको हो ।
फोर्सले महिला हिंसा, बलात्कार, यौन दूव्र्यवहार जस्ता घटनामा कमी ल्याउन र दोषीलाई कारवाही गराउन भूमिका खेल्ने वताइएको छ ।
RSS