काठमाडौं । राष्ट्रसंघीय शरणार्थी एजेन्सीले गृहयुद्धको चपेटामा परेको सिरियाबाट हजारौं मानिस इराक पुगिरहेको जनाएको छ । हिजो मात्र १० हजार सिरियाली शरणार्थी इराकी कुर्दिस्तानको पेशखाबोर पुगेका छन् भने बिहिवार यो संख्या करिब ७ हजार रहेको थियो ।
शरणार्थीको बढ्दो चाप धान्न राष्ट्र संघका एजेन्सीहरु, स्थानीय कुर्दिसको क्षेत्रीय सरकार र विभिन्न एनजीओहरुलाई कठिनाई भैरहेको समाचारमा जनाइएको छ । इराकमा यसअघि १ लाख ५० हजार सिरियाली शरणार्थी दर्ता भैसकेका छन् ।
सिरियामा सन् २०११ को मार्च यता राष्ट्रपति बशार अल असादको शासन विरुद्धको संघर्षका क्रममा ३० लाख मानिस छिमेकी मुलुकहरुमा पलायन भैसकेका छन् । मर्नेको संख्या पनि एक लाख नाघिसकेको छ ।
Agencies