काठमाडौं, भाद्र ३ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले संविधासभामा समलिंगी/तेस्रोलिंगी समूदायलाई प्रतिनिधित्व गराउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । सबैको प्रनितिधित्व रहेको समावेशी संविधानसभा बनाउन समलिंगी/तेस्रोलिंगी समूदायलाई प्रतिनिधित्व गराउन आफुले पहल गर्ने उनको भनाई छ ।
तेस्रोलिंगी मानवअधिकारकर्मी एवं नेपाली कांगे्रस महाधिबेशन प्रतिनिधि भूमिका श्रेष्ठ नेतृत्वमा सोमबार आफ्नो निवास निवासमा आइपुगेको गएको प्रतिनिधि मण्डलसंगको भेटमा निधीले समलिंगी/तेस्रोलिंगी पनि नेपाली नागरिक रहेको भन्दै लिङ्कै घरमा विभद नगरिने स्पष्ट पारे ।
कांगे्रस केन्द्रिय सदस्य समेत रहेका निधीले समलिंगी तेस्रोलिंगी प्राकृतिकनै भएको बताउदै समाजमा रहेको भ्रम अन्त्य गर्न आफ्नो पार्टीले विशेष पहल गर्ने बताए । तेस्रोलिंगी मानवअधिकारकर्मी एवं नेपाली कांगे्रसकी महाधिबेशन प्रतिनिधि भूमिका श्रेष्ठले संविधानसभा निर्वाचन मार्फत बन्ने संविधानसभामा समलिंगी तेस्रोलिंगी समूदायको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिईन् ।
संविधानमा समलिंगी, तेस्रोलिंगी समूदायको अधिकार लेख्नु पर्छ श्रेष्ठले भनिन्,