काठमाडौं । निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउनका लागि समय थपेपछि देशभरका निर्वाचन कार्यलयहरुमा नाम लेखाउनेको भीड लागेको छ ।
काठमाडौंको बबरमहलस्थित निर्वाचन कार्यलयमा मतदाता नामावलीमा नाम लेखाउनेको घुईंचो छ ।
काठमाडौंमा मात्रै दैनिकजसो २५ सयभन्दा बढीले फोटोसहितको नामावलीमा नाम लेखाएको बताइएको छ ।
काठमाडौंमा नाम लेखाउनेमा ७५ प्रतिशतभन्दा बढी बाहिरी जिल्लाका छन् ।
निर्वाचन आयोगले दलहरुको आग्रहमा भाद्र पहिलो साताभित्र नाम लेखाउनका लागि समय थप गरेको हो ।
RSS