नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चासँग सरकारले गरेको वार्ता फेरि असफल भएको छ ।
वार्तामा सहभागी मोर्चाका एक नेता मणि थापाले मंसिर ४ गतेको चुनाव मितिलाई सरकारले बटमलाइन बनाएपछि आफूहरुले नमानेको बताए ।
नेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले गोलमेच बैठकका सहजकर्ताको भूमिका निर्वाह गर्न सरकारलाई आग्रह गरेको छ ।
शान्तिकोषको सचिवालय बबरमहलमा आज भएको वार्तामा राष्ट्रिय सहमतिका लागि गोलमेच सम्मेलन आवश्यक भएको भन्दै मोर्चाका नेताहरुले त्यसका लागि भूमिका निर्वाह गर्न सरकारी प्रतिनिधिहरुलाई प्रस्ताव राखेका हुन् ।
त्यसैगरी मंसिर ४ को निर्वाचन स्थगित गर्नुपर्ने शर्त पनि मोर्चाले दोहो-याएको जनाइएको छ ।
सरकारी वार्ता टोलीले भने चुनाव सम्बन्धी सबै तयारी पूरा भइसकेको भन्दै चुनावी प्रक्रिया स्थगित गर्न नसकिने बताएका थिए ।
RSS