नेपाल सदभावना पार्टीले मधेशका मागप्रती उपेक्षा गरेको भन्दै देशव्यापी आमरण अनसन सुरु गर्ने

काठमाडौं । नेपाल सदभावना पार्टीले काठमाण्डौं लगायत देशका सवै जिल्लाहरुमा आगामी ७ गतेदेखि आमरण अनसन सुरु गर्ने भएको छ ।

 

राजधानीको शान्तिवाटिकामा आमरण अनसनमा रहेकी पार्टी अध्यक्ष सरिता गिरीले सरकारले मधेशका मागप्रती उपेक्षा गरेको भन्दै देशव्यापी विरोधका कार्यक्रमहरु गर्ने सञ्चारकर्मीलाई जानकारी गराइन ।
 
मधेशमा अन्तरिम संविधान अनुसार जनसंख्याको वृद्धिको अनुपातमा निर्वाचन क्षेत्र घोषणा गर्नुपर्ने माग गर्दै पार्टी अध्यक्ष गिरी गत २७ गते देखि राजधानीको शान्तिवाटिकामा आमरणमा वस्दै आएकी छिन् । माग पुरा नभएसम्म अनसन जारी राखिने चेतावनी उनको छ ।

 

RSS, IMAGECHANNEL