ईजिप्टमा होस्नी मुबारकलाई जेलमुक्त गर्न परेको रिटमा पुन सुनुवाई गर्ने

ईजिप्ट  । ईजिप्टका पुर्व शासक होस्नी मुबारकलाई जेलमुक्त गर्न परेको रिटमा त्यहाँको अदालतले पुन सुनुवाई गर्ने भएको छ । सन् २०११ मा सत्तामा रहँदा विपक्षी प्रदर्शनकारीहरुको हत्या गरेको आरोप खेपिरहेका मुबारकलाई जेलमुक्त गर्न माग गर्दै परेको पुनरावेदनमा अदालतले सुनुवाई गर्न लागेको हो । 
यद्यपी मुबारक विरुद्धको भ्रष्टाचार लगायतका फरक मुद्धाहरु विचाराधीन रहेकाले उनको रिहाईबारे फैसला आउन भने केही समय लम्बिने भएको छ । मुबारकका वकिल फरिद अल दिबले भ्रष्टाचार सम्बन्धी मुद्धामा सफाई पाउने वित्तिकै अन्य मुद्दाहरु किनारा लाग्ने र मुबारक जेलमुक्त हुने दावी गरेका छन् । 
८५ वर्षीय पुर्व शाशक मुबारकलाई सन् २०१२ मा अदालतले विपक्षी प्रदर्शनकारीहरुको हत्याको षड्यन्त्र गरेको आरोपमा आजिवन कारावासको सजाय सुनाएको थियो । जनवरी २०१३ मा उनको रिहाईको लागी पुनरावेदन परेपछि अदालतले पुन सुनुवाई गर्न भनेको हो ।
AGENCIES