काभ्रेका थप दुई फार्ममा बर्डफ्लु, ११ हजार अन्डा र चल्ला नष्ट

काभ्रे । काभ्रेका थप दुई फार्ममा बर्डफ्लु भेटिएको छ । 
यसअघि पुष्टि भएका दुई फार्म नजिकैको क्षेत्र साँगा तथा उग्रतारा जनागालमा थप बर्डफ्लु पुष्टि भएको हो । सांगाको नासिकास्थान २ मा रहेको भगवान खत्रीको आशापुरी ह्याचरी र उग्रतारा जनागालमा रहेको लक्ष्मी पोल्ट्री तथा ह्याचरीमा बर्डफ्लु पुष्टि भएको नेपाल भेटेनरी एसोसिएसन का डां जितेन्द्र श्रेष्ठले जानकारी दिए ।
 लक्ष्मी ह्याचरीमा मात्रै ११ हजार प्यारेनट कुखुराका साथै अन्डा र चल्ला नष्ट गरिएको छ । खत्रीले नै सञ्चालन गरेका दुई फर्ममा यसअघि पनि बर्डफ्लु पुष्टि भएको थियो । पुष्टि भएपछि त्यहाँ रहेका कुखुरा, दाना, अण्डा नष्ट गर्ने काम भैरहेको छ । यो सँगै काभ्रेका पाँच फर्ममा बर्डफ्लु भएको पुष्टि भएको छ ।
RSS