मलेसियामा प्रसिद्ध मलेसियन माउण्टेन रिसोर्ट नजिकैको क्षेत्रमा बस दुर्घटना हुँदा कम्तिमा २० जनाको मृत्यु भएको छ । पाहाडमा रहेको गेन्टिङ हाइल्याण्डतर्फ ४९ यात्रु लिएर जाँदै गरेको बस दुर्घटनाग्रस्त भएको छ ।
घटनास्थलबाट केही यात्रुलाई जीवितै उद्दार गरिएको छ । बस सडकबाट करिब २ सय फिट तल खसेको उद्दारकर्ताहरुले जनाएका छन् ।