पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफद्धारा नेपाली र पाकिस्तानी निजी क्षेत्र मिलेर अगाडि बढनुपर्नेमा जोड

नेपाली र पाकिस्तानी निजी क्षेत्र मिलेर अगाडि बढ्नुपर्छ : पाकिस्तानी प्रधानमन्त्री

 

पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले उर्जा, पर्यटन, कृषिजस्ता क्षेत्रको व्यापार प्रवद्र्धनमा नेपाली र पाकिस्तानी निजीक्षेत्र मिलेर जान सक्ने बताएका छन् । नेपाल-पाकिस्तान संयुक्त आर्थिक आयोगको दुईदिने बैठकमा भाग लिन पाकिस्तान पुगेका अर्थमन्त्री शंकरप्रसाद कोइरालासहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री सरिफले दुवै देशका निजीक्षेत्रलाई यसतर्फ प्रोत्साहित गर्नुपर्ने बताएका हुन् ।

उनले दुवै देशको राजनीतिक अवस्थामा व्यापक परिवर्तन आइरहेपनि दुई देशको सम्बन्ध भने सधैं दीगो र फलदायी रहँदै आएको पनि  बताए । सरिफले जुल्फिकर अलि भुट्टोको समयमा सम्पति राष्ट्रियकरण गरिएपनि त्यसपछि बनेका सरकारले निजीकरणलाई प्रोत्साहित गरेकाले सहकार्यमा थुप्रै काम गर्न सकिने सम्भावना रहेको उल्लेख गरे ।


भेटमा अर्थमन्त्री कोइरालाले निजीक्षेत्रलाई प्रोत्साहन गर्ने दुवै सरकारको समान नीतिलाई कार्यान्वयनको चरणमा लैजानुपर्नेमा जोड दिए ।


नेपाल