अर्घाखाँचीका गाउँ र वस्ती चुनावमय हुन थाल्यो

– वीरेन्द्र केसी



सन्धिखर्क, अर्घाखाँची ।  गाउँ  र वस्ती चुनावमय हुन थालेको छ । दलहरुले आफनो चुनावी ऐजेण्डा लिएर गाउँमा आफना कार्यकर्ता र जनतासग चुनावी छलफल र बहस गरिरहेका छन । उनीहरुले आफनो पार्टीको पक्षमा मत तान्न गाउमा सञ्चालन गरेको बहसले चुनावी रौनकता बढदो छ । गाउँमा सर्वसाधारणले घरको कामलाई थाती राखेर चुनाव तिर केन्द्रित भएका छन । 

 


नेकपा-माओवादीले अर्घाखाँची स्थित सन्धिखर्कमा रहेको जिल्ला कार्यालय । नेकपा-माओवादीले जिल्लाका सबै गाविसमा बहिष्कार अभियान लिएर हिडेको छ। चुनाव हुदैन भएपनि संविधान बन्दैन बनेपनि अर्का दिन च्यादिदिने धम्की दिएको छ ।

 

मंसिर ४ मा हुने चुनावमा आफनो पार्टीको पक्षमा कसरी धेरै भोट ल्याएर जित्न सकिन्छ भन्दै गृहकार्यमा नेताहरु व्यस्त छन । सबै पार्टीका नेताहरु गाउँमा भेटघाट, संगठन विस्तार, प्रशिक्षण र कसका कति मतदाता छन र कसरी चुनाव जित्न सकिन्छ भन्दै आ-आफनो ढंगले गाविस र वडा स्तरमा सर्वेक्षण समेत गरेका छन । जिल्लामा क्रियाशिल एमाओवादी, काग्रेस र एमालेबीच प्रतिस्प्रर्धा जस्तै भएकाले तीनै दलका नेताहरु गाउ दौडाहमा छन । नेकपा-माओवादी भने चुनाव बहिष्कारको कार्यक्रम लिएर गाउँ हिंडेको छ । राष्ट्रिय जनमोर्चा, राप्रपा लगायतका साना दलका नेता पनि गाउँ गएका छन । 



मंसिर ४ को चुनावको लागि तयारी तीव्र पारिएको जिल्ला स्थित दलका नेताले रिपोर्टर्स क्लबले गरेको साक्षात्कार कार्यक्रममा दावी गरेका छन । गाउँमा घरदैलो अभियान लिएर हिडिरहेका छौ, एमाओवादी संयोजक गोविन्द केसीले भने, चुनावको बारेमा, विकास निर्माण र एमाओवादीलाई किन भोट दिने लगायतका विषयमा जनतासँग छलफल, अन्तरक्रिया गरिरहेका छौ । आन्तरिक सर्बेक्षण वस्तीपिच्छे गएर गरेका छौ । देशको निकासको लागि चुनाव विकल्प छैन । गाउमा जनता चुनाव हुनुपर्छ भन्दै उत्साहित भएको उनले दावी गरे ।  निर्वाचन क्षेत्र नं. १ मा केन्द्रिय सदस्यद्धय राजकुमार शर्मा र २ मा प्रल्लाद सुवेदीको नेतृत्वमा घरदैलो अभियान चलेको छ, उनले भने,

अन्य समाचारहरु