इजिप्टको सेनाले पूर्व राष्ट्रपति होस्नी मुबारकलाई घर मै नजरबन्दमा राख्न आदेश दिएको छ । कायरो स्थित अदालतले हिजो मात्र भ्रष्टाचारको मुद्धामा परेको अपील स्वीकार गरि मुबारकलाई सशर्त रिहा गर्न आदेश दिएको थियो । यसअघि मुबारकलाई भ्रष्टाचारको मुद्धामा दोषी ठहर गरी आजीवन कारावासको सजाय सुनाएको थियो ।
तर फैसला विरुद्धको अपील स्वीकृत भएपछि फेरि मुद्धाको सुनुवाई चलेको थियो । यता प्रधानमन्त्रीको कार्यालयले संकटकालीन कानुन अनुसार नै मुबारकलाई घरमै नजरबन्दमा राखिने उल्लेख गरेको छ । अदालतको निर्णय विरुद्ध सरकारी वकिलले अपील गर्न सक्ने कानुनी प्रावधान छ ।