बाबुराम भट्टराईले भारतबाट बर्डफ्लू लागेको कुखुरा आयात गर्न दिएर नेपालमा बर्डफ्लू संक्रमण फैलिएको बामदेव गौतमको आरोप

काठमाडौं, भाद्र ६ । अखिल नेपाल किसान महासंघका अध्यक्ष बामदेव गौतमले तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले भारतबाट बर्डफ्लू लागेको कुखुरा आयात गर्न दिएर नेपालमा बर्डफ्लू संक्रमण फैलिएको आरोप लगाएका छन्  । विहिबार राजधानीमा पत्रकार सम्मेलन गरी अध्यक्ष गौतमले आत्म निर्भर बनिसकेको कुखुरा उद्योगलाई धरासायी बनाइएको जिकिर गरे ।


महासंघले बर्डफ्लूका कारण कुखुरा व्यवसायी मर्कामा परेको भन्दै उचित क्षतीपूर्तीको व्यवस्था तत्काल गर्न सरकारको ध्यानाकर्षण पनि गराएको छ । कुखुरा व्यवसायीलाई पुनः व्यवसायमै फर्कने वातावरण बनाउन प्याकजमै कार्यक्रम घोषणा गर्न पनि माग गरिएको छ ।


बर्डफ्लू मानिसमा पनि सर्न सक्ने भएकाले रोगी कुखुरा र अन्य पंक्षीलाई वैज्ञानिक र सुरक्षित तरिकाले नष्ट गर्नुपर्ने भन्दै बर्डफ्लू संक्रमित कुखुरा एवं मासु विक्रि वितरणमा पूर्ण रोक लगाउन माग गरिएको छ । करिब ५० अर्बको लगानी रहेको ह्याचरी उद्योगमा बर्डफ्लु संकमणले अर्बौ रुपैयाँ घाटा भैसकेको व्यवसायीले बताएका छन् ।

 

RSS, IMAGECHANNEL