काठमाडौंको गोगंबुस्थित एक विद्यालयको कक्षा १० मा अध्ययनरत छात्रामाथि सहायक प्रिन्सिपलद्धारा बलत्कार प्रयास
भाद्र ७ गते, २०७० मा प्रकाशित
काठमाडौं । राजधानी काठमाडौंको गोगंबुस्थित फ्लोरिसेन्ट एकेडेमीको कक्षा १० मा अध्ययनरत एक छात्रामाथि सहायक प्रिन्सिपलले बलत्कार गर्न खोजेको भन्दै आज अभिभावकले स्कुल परिसरमा घेराउ र नाराबाजी गरेका छन् । सहायक प्रिन्सिपल रमेश पनेरुले उनकै कार्यकक्षमा बोलाएर बलत्कार प्रयास गरेको आरोप अभिभावकहरुले लगाएका छन् ।
उनीहरुले सहायक प्रिन्सिपल पनेरुमाथि कारवाही हुनुपर्ने, कारवाही नभए भोलिदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने घोषणा गरेका छन् ।
पनेरुलाई भने महानगरीय प्रहरी कार्यालय महारान्जगञ्जमा राखिएको प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले हामीलाई बताए ।
यौन दुव्र्यवहारको सम्बन्धमा आइतवार मेडिकल रिपोर्ट आएपछि मात्र यकिन कुरा भन्न सकिने र कारवाही अगाडि बढाईने उनले जानकारी दिए ।
अभिभावकहरुले छात्रालाई क्षतिपूर्ति र अन्य छात्राको पनि सुरक्षाको माग गरेका छन् ।
उनीहरुले नयाँ व्यवस्थापन समिति खारेज गरी पुरानै विद्यालय व्यवस्थापन समितिलाई ल्याउन पनि माग गरे ।