गोली लागि घाईते भएका अर्घाखांचीका भक्त विसीको समस्या

सार्वजनिक जग्गा संरक्षणमा लाग्दा भएको झडपमा गोली लागि घाईते भएका अर्घाखांचीका भक्त विसी सरकारले उपलब्ध गराएको जग्गामा घर निर्माण गर्न नपाउंदा समस्यामा परेका छन् । २०४७ सालमा गुल्मीको नयांगाउंमा रहेको २ सय ५३ रोपनी सार्वजनिक जग्गा आफ्नो नाममा दर्ता गर्न खोज्ने व्यक्तिको विरुद्ध आवाज उठाउंदा भएको झडपमा दाहिने गोडामा लागेको गोली बोकेर वर्षौ देखि संघर्ष गर्दै आएका छन् ।

 
२०४७ सालमा तत्कालिन मन्त्रिपरिषदको वैठकले विसीको जिवन उपार्जनको लागि रुपन्देही जिल्लामा जग्गा दिन भूमिसुधार मन्त्रालयलाई निर्देशन दिएपनि २३ वर्ष वितीसक्दा समेत त्यो कार्यान्वयन हुन सकेको छैन ।
 
एक रिपोर्ट…………..।

भिडियो , समाचार स्रोत: भागवती पाण्डे, लुम्बिनी टि.भी