शहरकेन्द्रित नेताहरुलाई अर्घाखाँचीका एकीकृत माओवादीका कार्यकर्ताहरुद्धारा गाँउमुखी बन्न आग्रह

– शोभाखर पन्थी

 

सन्धिखर्क, अर्घाखाँची । एकीकृत माओवादीका कार्यकर्ताहरुले गाँउमुखी बन्न नेताहरुलाई आग्रह गरेका छन् । माओवादीद्वारा संचालित एक महिने चुनावी अभियानमा गाउँ पुगेका नेताहरुलाई कार्यकर्ताले नेताहरु शहरकेन्द्रित बनेको, दुर्गम ग्रामिण क्षेत्रका कार्यकर्ता र जनताका समस्या प्रति उदासिन भएको भन्दै कार्यशैलि सुधारेर अगाडी बढ्न आग्रह गरे । 



पहिचान सहितको संघियता, संघीयता सहितको संविधान, दोश्रो संविधान सभा निर्वाचनका लागि जनसम्बन्ध सुदृढीकरण अभियान भन्ने नाराका साथ साउन १० गते देखि गाउँ गाउँमा पुगेको माओवादीको पहिलोचरणको अभियान सकिएको छ । जिल्लाका २ वटा निर्वाचन क्षेत्रमा संचालित अभियानमा केन्द्र ,राज्य र जिल्ला गरी करीव २ सय अगुवा कार्यकर्ता गाउँ गाउँमा पुगेको माओवादीले जनाएको छ । 



एमाओवादीले जिल्लाको क्षेत्र नं. १ मा ठाकुर कुमार वि.क किशोर र क्षेत्र नं. २ मा हिमकला गैरेको अध्यक्षतामा अभियान टिम खटाएको थियो । 



अभियानमा केन्द्रीय सदस्य राज कुमार शर्मा र प्रल्हाद बुढाथोकीले क्रमस क्षेत्रनं १ र २ को सहजीकरण गर्नुभएको थियो । अभियान पछि माओवादीले जिल्लामा आफ्नो पार्टी पहिलो शक्ति भएको निश्कर्ष निकालेको छ । 



ए.माओवादी जिल्ला संयोजक गोविन्द के.सी. प्रकाशले अघिल्लो संविधानसभा निर्वाचनमा जस्तै यो पटक पनि जिल्लामा आफ्नो दल पहिलो हुने बताउनु भयो । यस पटकको संिवधान सभा निर्वाचनमा आफ्नो दलले दुवै क्षेत्रमा विजय गर्ने के.सी.को दावी छ ।



 एमाओवादीले अभियानको क्रममा विभिन्न पार्टीवाट ७ सय भन्दा वढि कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको जनाएको छ ।



 अघिल्लो संविधान सभा निर्वाचन पछि प्राय शहर केन्द्रित बनेका माओवादीका नेताहरु अव गाउँ केन्द्रित हुनेभएका छन् । 



नेताहरु शहर केन्द्रित हुँदा  गाउँमा संगठन कमजोर भएको भन्दै माओवादीले नेताहरुलाई गाउँमा खटाउन थालेको छ । आफ्नो पक्षमा व्यापक जनलहर हुँदा हुँदै पनि केहिकार्य सैलिका कारण कार्यकर्ता र जनतामा थोरै निराशा छाएको एमाओवादी नेता ठाकुर कुमार बि क किशोर ले बताउनुभयो । आफ्नो पार्टीमा व्यापक शुद्धिकरण गरी जनतामा जाने उहाँको भनाइ छ ।




Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु